नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५
नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।
नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बिहीबार बिहान जानकारी दिए ।
उनका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने चन्दा्रगिरीकी महिलालाई टेकुको आइसोलेशनमा राखिएको छ । कपिलवस्तुका बालिकालाई पनि अस्ताल लैजाने तयारी भएको छ ।
अहिलेसम्म प्रदेश नम्बर २ मा सर्वाधिक कोरोनाको बिरामी फेला परेका छन् । प्रदेश २ मा ९८, प्रदेश ५ मा आजको सहित ९४, प्रदेश १ मा ३५, बागमतीमा आजको सहित ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण