शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पेस्तोल सहित पक्राउ परेका दुई जना जेल चलान

मङ्गलबार, २० भदौ २०७४, १० : ०७
मङ्गलबार, २० भदौ २०७४

तनहुँ - सदरमुकाम दमौली नजिक गत साउन २४ गते पेस्तोल सहित पक्राउ परेका दुई जना सोमबार जेल चलान भएका छन् । 

पक्राउ परेका दुवै व्यक्तिलाई हात हतियार खरखजना मुद्धामा अनुसन्धान पुरा गरी सोमबार जिल्ला प्रशासन कार्यालयमा पेश गरिएकोमा प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्यको आदेशले पुर्पक्षको लागि थुनामा गएका हुन् । 

जिल्ला समन्वय समिति तनहुँले गत साउन २४ गते आव्हान गरेको जिल्ला स्थित विभिन्न घाटहरुको निकासी टेण्डरमा आफ्नो कब्जामा  पार्ने उद्धेश्यले  पेस्तोल सहित आएका दुई जनालाई प्रहरीले चेकजाँचको क्रममा फेला पारेको थियो । 

टेण्डरलाई मध्यनजर गर्दै तनहुँका प्रहरीले सुरक्षा व्यवस्थामा कडाईका साथ चेकजाँच गर्दा व्यास नगरपालिका वडा नं ३ मादीपुल नजिक पृथ्वीराजमार्गमा मोटरसाइकल सहित शिवराज गिरी र रविन्द्र गिरीलाई प्रहरीले पक्राउ गर्न सफल भएको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए । 

ना ४४ प ४१६५ नम्वरको मोटरसाइकलमा सवार रहेका द्धय गिरीले अवैध रुपमा अटोमेटिक पेस्तोल लिई हिडेको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको थियो ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख जोशीले केहि दिन अघि मात्रै पेस्तोल सहित पक्राउ गर्न सफल तीन प्रहरीहरुलाई सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप