संक्रमित महिलाको शव जलाएपछि बन्द विद्युतीय शवदाह यन्त्र सञ्चालन हुँदै
काठमाडौं – बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुँदैछ । शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो ।
कोरोना भाइरस सङ्क्रमित (कोभिड–१९) सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि यसलाई बन्द गरिएको थियो । शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले भने, “निर्मलीकरण प्रक्रिया पूरा भएको छ । आइतबारदेखि यन्त्र चालू हुन्छ । ’’
विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको यन्त्र अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको जानकारी उनले दिए । सुत्केरी महिलाको शवदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो । अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि शवदाह सञ्चालनमा आउन लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिनल्याण्डमा मिथिला चित्रकला प्रदर्शनी
-
मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाको न्यायोचित पुनर्स्थापना गर्न नसकिएको गुनासो
-
हिरोको लागि ब्राण्ड एम्बेस्डरमा सुशान्त, सुरक्षा र दयाहाङ नियुक्त
-
एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूको पठाओमा निःशुल्क रजिस्ट्रेसन
-
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड
-
सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला