संक्रमित महिलाको शव जलाएपछि बन्द विद्युतीय शवदाह यन्त्र सञ्चालन हुँदै
काठमाडौं – बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुँदैछ । शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो ।
कोरोना भाइरस सङ्क्रमित (कोभिड–१९) सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि यसलाई बन्द गरिएको थियो । शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले भने, “निर्मलीकरण प्रक्रिया पूरा भएको छ । आइतबारदेखि यन्त्र चालू हुन्छ । ’’
विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको यन्त्र अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको जानकारी उनले दिए । सुत्केरी महिलाको शवदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो । अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि शवदाह सञ्चालनमा आउन लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण