पाम आयलपछि चिया निकासीमा भारतको अवरोध
सोमबार, १२ जेठ २०७७, ०७ : १३
काठमाडौं – भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ । उसले केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन् ।
लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामाग्री र कृषिजन्य वस्तुको आयात – निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारततर्फको निकासीमा समस्या देखिएको मन्त्रालयले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।
भारतीय भन्सारले चिया रोक्नुको स्पष्ट कारण भने खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण