घरमै फिल्म स्टुडियो बनाउदै निर्देशक शोभित
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम समेत पुरा भएको छ ।
‘लकडाउनको केही अगाडिबाट स्टुडियो निर्माण थालेको थिए’ शोभितले भने, ‘अब दुई महिनामा भित्रमा त पुरा हुन्छ होला ।’ फिल्म, टेलिफिल्म, म्युजिक भिडियो, छोटो फिल्म लगायत सबै प्रकारका छायाँकनका लागि आफ्नो स्टुडियो उपयुक्त बस्नेतले सुनाए ।
उनले थपे, ‘मैले बनाएको स्टुडियोमा मध्यम वर्गीय परिवारका लागि आवश्यक हरेक सामान उपलब्ध हुनेछ । हुन त यस अगाडि छायाँकनका लागि भन्दै काठमाडौमा केही स्टुडियो निर्माण नभएको भने होइन । ती मध्ये केही बन्द भए भने केही जिर्णोद्धार अवस्थामा छन् । त्यसैले पनि काठमाडांैमा अहिले पनि छायाँकनका लागि उपयुक्त स्टुडियो अभाव रहेको छ ।
आफ्नो स्टुडियो तयार भएपछि ठुलादेखि साना पर्दाका सबै फिल्म निर्माता निर्देशकलाई राहत मिल्ने शोभित बताए । करिब तीन दर्जन ठुलापर्दा र दजर्नाै सानापर्दाका फिल्म निर्देशन गरेका शोभित म्युजिक भिडियो र बिज्ञापन चलचित्र निर्माणमा पनि सक्रिय छन् । उनको निर्देशन रहेको एक टेलिश्रृङ्खला अहिले पनि डिसहोमबाट प्रसारित रमाइलो टिभीमा प्रसारण हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा