शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा र ट्विंकलसँग एक साथ ‘डेट’ गर्ने अक्षय, धोकाका कारण डिप्रेशनको शिकार भइन् शिल्पा

सोमबार, २६ जेठ २०७७, १० : ३०
सोमबार, २६ जेठ २०७७

एजेन्सी - बलिउडकी सदाबहार अभिनेत्री शिल्पा शेट्टी सर्वश्रेष्ठ अभिनेत्रीमध्येमा पर्छिन् । उमेरले ४० कटिसकेकी शिल्पा उस्तै सुुन्दर र जवान देखिन्छिन् । र उनी बलिउडमा पुनः फर्किने तयारीमा छिन् । 

शिल्पाका जीवनका अनेक पाटारुमा उनको अभिनेता अक्षय कुमारसँगको प्रेम पनि एक हो । जुन सम्बन्धले निकै चर्चा पाएको थियो । शिल्पा अक्षयको प्रेममा निकै संवेदनशील थिइन् । उनीहरुको प्रेम चर्चित थियो । शिल्पा अक्षयलाई अत्यधिक प्रेम गर्थिन् । तर, अचानक अक्षयले धोका दिए । त्यसपछि शिल्पा डिप्रेशनको शिकार भइन् । उनलाई डिप्रेशनबाट बाहिर आउन निकै लामो समय लागेको थियो । 

यसै सन्दर्भमा सन् २००० मा भएको एक साक्षात्कारमा शिल्पाले अक्षयसँगको प्रेमको विषयमा एक राज खोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘जब अक्षय मसँग सम्बन्धमा थिए । उनीसँग दुई वटा समय हुने गथ्र्यो । उनी मसँग हुँदाहुँदै ट्विंकल खन्नासँग पनि प्रेममा थिए । र उनीसँग पनि डेट गर्थे । यो सबै कुरा थाहा पाएपछि म हैरान भएकी थिइन् ।’

उनले अगाडि भनेकी थिइन्, ‘यो मेरो लागि निकै दुखद क्षण थियो । तर मलाई खुशी छ कि म यस्तो दुखद क्षणबाट बाहिर आएँ । हरेक कालो रातपछि उज्यालो बिहान आउँछ । पेशागत रुपमा मेरो समय निकै राम्रो चलेको थियो तर निजी जिवनमा निकै उतार चढाव आएको थियो । यस्तो लाग्थ्यो कि सबै कुरा जीवनबाट टाढा गइसक्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप