गुल्मीमा नाबालकसहित ५९ जनामा कोरोना सङ्क्रमण
गुल्मी । गुल्मीमा एक वर्षका नाबालकसहित कोरोनाबाट सङ्क्रमित ५९ जना पुगेका छन् । कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने ६० पुग्न लागेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानीप्रसाद शर्माले जानकारी दिए ।
इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीयमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टिनमा बसिरहेका छन् । नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबाार आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन् ।
गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टिनमा राखेको थियो । उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए ।
जिल्लामा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।
अर्घाखाँचीमा चारले जिते कोरोना
अर्घाखाँची– अर्घाखाँचीमा चार कोरोना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा सबैभन्दा पहिले सङ्क्रमित भएका पाणिनी गाउँपालिका–८ का दुई जना कोरोना जितेर घर फर्किएको तथा दुईलाई आइशोलेसनमा बस्ने समय नपुगेकाले घर नपठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए ।
उनीहरुलाई जिल्ला अस्पतालका प्रमुख डा.कपिल गौतम र सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बिदाइ गरेका थिए । पाणिनि गाउँपालिका वडा नम्बर ८ का दुई तथा छत्रदेव गाउँपालिका र शीतगङ्गा नगरपालिकाका एकएक गरी चार जनाले कोरोना जितेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण