मंगलबारको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना
मङ्गलबार, ०९ असार २०७७, ०८ : ०८
मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा बताइएको छ ।
यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण