दुई करोड अमेरिकी कोरोनाद्वारा संक्रमित हुने आशंका, टिकटकमार्फत् जागरुकता फैलाइने
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जताएको छ ।
सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान यो हो कि जब एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ तब १० अन्य संक्रमित थपिन्छन् ।’
सिडिसीका अनुसार अमेरिकामा यो महामारीले युवावर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ । यद्यपि, यसको फाइदा यो हो कि यसले संक्रमित व्यक्तिको मृत्युको संख्यामा कमी आउन सक्छ ।
सिडिसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले झैं युवावर्गले सावधानी अपनाउँदैनन् ।
अमेरिकी सिडिसीले युवामा यसबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्नेबारे विचार गरिरहेको जानकारी दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण