सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न समाजवादी विद्यार्थी युनियनको आग्रह
काठमाडौं – समाजवादी विद्यार्थी युनियनले सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजवादी विद्यार्थी युनियनले आम विद्यार्थीहरुको हक र हितका लागि पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकारलाई सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न आग्रह गरेको हो ।
घोकन्ते नतिजाभन्दा अध्ययन गर्ने सिर्जनशील क्षमताको विकासबारे सार्वजनिक विद्यालयहरुको गुणस्तरमा शंका नगर्न समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले अभिभावकहरुलाई आग्रह समेत गरेका छन् ।
अध्यक्ष श्रेष्ठले हाल निजि विद्यालयहरुले सञ्चालन गरिरहेको अनलाइन कक्षामा देशभरका विद्यार्थीहरुको पहुँच नपुग्ने र यस्ता पढाई अव्यवहारिक र अपूर्ण हुने भएकाले सरकारले समयमै ध्यान दिनुपर्ने समेत बताएका छन् ।
समाजवादी विद्यार्थी युनियनले सबै विद्यालयहरुले कक्षा सञ्चालन नगरेको र दिनको १/२ घण्टा मात्रै अनलाइन कक्षा संचालन गरेर सबैसँग सम्पूर्ण शुल्क अशुल गर्न संगठित उर्दी जारी गर्ने निजि विद्यालय संचालकहरुको अपिललाई खारेज गर्नुका साथै लकडाउनभर कुनै शुल्क नतिर्न आमअभिभावकहरु समक्ष हार्दिक अनुरोध समेत गरेको छ ।
यसैगरी, जारी विज्ञप्तिमा विश्वविद्यालयहरु लामो समयदेखि पदाधिकारीविहिन रहेकोले गुटगत र दलगत नियुक्ति होइन, कार्यदक्षताको आधारमा खुल्ला प्रतिस्पर्धाबाट सम्पूर्ण विश्वविद्यालयमा तत्काल रिक्त पदाधिकारी नियुक्ति गर्न सरकारलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण