बुटवलको आकाशमा सलह घुमेको घुम्यै
बुटवल । बुटवलको आकाशका आज दिउँसोदेखि सलह कीरा घुमिरहेको देखिएको छ ।
देशका विभिन्न ठाउँमा आज बिहानैबाट सलह देखिएको खबरहरु सार्वजनिक भइरहँदा पाँच नम्बर प्रदेशको बुटवल आसपासको आकाशमा सलह उडिरहेको देखिएको प्रदेशको कृषि मन्त्रलायले बताएको छ ।
आज बिहान एक–दुईवटा कीराहरु देखिएको खबर सरकारी अधिकारीहरुसम्म पुगेपनि दिउँसो ठूलो संख्यामा कीराहरु उड्दै गरेको अवस्थामा देखिएको छ।
रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा फट्याङग्रा आकारका कीरा आकाशमा उडिरहका छन् । प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले सलह रुपन्देहीमा देखिएको रातोपाटीलाई बताए ।
उनले भने, ‘हामी अहिले त्यही विषयमा छलफलमा छौं । प्रदेशमा अहिलेसम्म रुपन्देही भन्दा बाहिर आएको रिर्पोटिङ छैन ।’
उनले रुपन्देहीको आकाशमा देखिएको सलह निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुनसक्ने बताए। प्रदेश ५ को कृषि मन्त्रालयमा बैठक बसिरहेको छ। आज बिहान नै बुटवलको आर्मी व्यारेकमा पनि सलह जस्तै किरा आएको जानकारी आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । मन्त्रालयले पनि त्यो सलह भएको पाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण