शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक

शनिबार, ०२ साउन २०८३, ०० : ४१
शनिबार, ०२ साउन २०८३

सारांश

  • अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालासँग छलफल गर्न बैठक बोलाएको छ ।
  • बैठक आगामी आइतबार बिहान साढे ९ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
  • बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्षलाई बोलाइएको छ ।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरूसँग वृहत् छलफल गर्ने भएको छ । विधेयकका मस्यौदा र वित्तीय क्षेत्रका सरोकारहरूमाथि संवाद गर्न समितिले आगामी आइतबार बैठक आह्वान गरेको हो ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको अर्थ समिति सभाकक्षमा आगामी आइतबार बिहान साढे ९ बजे समितिको १७ औँ बैठक बस्ने तय भएको छ । उक्त बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि केन्द्रित रहेर छलफल गरिने कार्यसूची रहेको समिति सचिवालयले जनाएको छ ।

विधेयकमाथि दफावार छलफल र सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको यस बैठकमा सांसदहरूका अतिरिक्त बुँदागत रायका लागि नेपाल बैंकर्स संघका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्षलाई समेत आमन्त्रण गरिएको छ ।

746020796_2535679686846260_1759498172348466035_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप