शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति

शनिबार, ०२ साउन २०८३, ०० : ००
शनिबार, ०२ साउन २०८३

सारांश

  • पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा साधारण तारेखमा छाड्ने आदेश विशेष अदालतले दिएको छ।
  • मिटरब्याज पीडित पक्ष र सरकारबिच ९ बुँदे सहमति भएपछि ९ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ।
  • नेपालको छुर्पी 'डग च्यु' का रूपमा विश्वभर स्थापित भएको छ र यसको निर्यात बढाउन ५ वर्षे रणनीतिक कार्ययोजना ल्याइएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।

१. विष्णु पौडेललाई साधारण तारेखमा छाड्ने आदेश   

विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चार वटा आधार र कारण देखाएर सम्पत्ति शुद्धीकरणको मुद्दामा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ । 

२. संवादहीनता तोड्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संवादहीनताको अन्त्य गर्दै उद्योगी तथा व्यवसायीहरूसँग छलफलमा जुटेका छन्।

३. राष्ट्र बैंक ऐन संशोधन

सरकारले संसद्मा प्रस्तुत गरेको राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न उठेको छ। विधेयकमा प्रस्तावित महत्त्वपूर्ण व्यवस्थामा राष्ट्र बैंकका गभर्नरले नै प्रश्न उठाएपछि संशोधन विधेयकको आवश्यकतामाथि नै प्रश्न खडा भएको हो ।

४. ‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग

नेपालको छुर्पी आजभोलि विश्वका विभिन्न मुलुकमा घरपालुवा कुकुरका लागि सबैभन्दा प्रिय र स्वस्थकर आहार (डग च्यु) का रूपमा स्थापित भएको छ । कुनै समय गोठालोको झोलामा सीमित रहने यो मौलिक उत्पादन आज नेपालको अर्थतन्त्रलाई विदेशी मुद्रा आर्जन गराउने एक प्रमुख निर्यातयोग्य वस्तु बनेको छ ।

५. मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो 

अस्वस्थ जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ। 

६. सरकारी गाडीमा रातो प्लेट 

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय शनिवार र आइतबार बन्द हुँदै आएका छन् । 

७. प्रदेशमा गडबडी

कोशी प्रदेशको राजनीति फेरि एकपटक तरङ्गित भएको छ । प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने चर्चा चुलिएको छ, तर कोशी प्रदेशको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको हुनाले यहाँ नयाँ सरकार गठनको प्रक्रिया निकै जटिल छ ।

८. नयाँ आर्थिक वर्ष

सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु भएसँगै बजेट कार्यान्वयनमा गएको हो।


९. मिटरब्याज पीडित र सरकारबिच सहमति 

विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबिच शुक्रबार ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

 

१०. रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रदेश सभा खारेजी गर्ने प्रस्ताव दुई अलग प्रतिवेदनमार्फत पेस हुँदा पुराना राजनीतिक दलहरुले सङ्घीयता मास्ने षड्यन्त्रका रुपमा व्याख्या गरे।

११. ‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’ 

जेनजी आन्दोलन अघिसम्म केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन थियो । प्रदेशहरुमा पनि सोही गठबन्धनले सत्ता हातमा लियो । 

१२. विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप