रुपन्देहीमा कार दुर्घटनामा परी पत्रकारको मृत्यु
बुटवल । शिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभरटोलमा मध्यराति भएको सवारी दुर्घटनामा बुटवलका एक पत्रकारको मृत्यु भएको छ । आफैले चलाएको कार दुर्घटनामा परी न्यूज २४ का बुटवल संवाददाता कृष्णबाबु पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षीय पाण्डेको उपचारकै क्रममा शनिबार राति नै अस्पतालमा मृत्यु भएको हो । कार सडक किनारको फलामे बारमा ठोक्कीदा दुर्घटना भएको हो ।
पोष्टमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।
विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आबद्ध पाण्डेले दर्जनौँ म्युजिक भिडियोहरुमा पनि खेलेका छन । उनी न्यूज २४ को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालकसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण