नेकपा स्थायी समिति बैठक असार २६ सम्म स्थगित
बुधबार, २४ असार २०७७, ०९ : ३४
काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए ।
पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो ।
विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेको छ । तर, ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण