मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

विदेशमा बसोबास अनुमति लिएर कार्यालयमा अनुपस्थित चार कर्मचारीसँग स्पष्टीकरण माग

मङ्गलबार, १६ असार २०८३, १७ : ०३
मङ्गलबार, १६ असार २०८३

सारांश

  • भूमि व्यवस्था मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिई लामो समय कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण मागेको छ।
  • कर्मचारीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डीभी) लिएको पाइएको छ।
  • निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही हुन सक्ने भएकाले १५ दिनभित्र सफाइ पेस गर्न भनिएको छ।

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि मन्त्रालयले कानुनी प्रक्रिया अघि बढाएको हो। 

उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डीभी) लिएको पाइएको छ।

निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेस गर्न भनिएको छ।

733882188_940952712339321_1204518840175627767_n

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप