प्राकृतिक प्रकोपबाट पीडितको उद्धार राहतमा लाग्न काँग्रेस संगठन विभागको आह्वान
काठमाडौं । नेपाली काँग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी कार्यकर्तालाई सम्बन्धित जिल्लामा हुने प्राकृतिक प्रकोपबाट जोखिममा रहेका परिवारहरुको पहिचान, उद्दार र राहत लगायतका गतिविधिमा सक्रियतापूर्वक लाग्न आह्वान गरेको छन् ।
शक्रबार नेता श्रेष्ठले नेपाली कांग्रेस कार्यकर्तालगायत भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुमा क्रियाशील सम्पूर्णलाई आफनो जिल्ला, क्षेत्र, नगर र गाँउमा प्राकृतिक प्रकोपमा परेका र उच्च जोखिमतामा रहेका परिवारहरुको पहिचान, उद्दार र राहतका गतिविधिहरुमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नका आह्वान गरेका हुन्।
केही दिन यता भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो, डुवान लगायतका प्राकृतिक प्रकोपहरुबाट जनधनमा क्षति भइरहेको छ । प्राकृतिक प्रकोपहरुबाट पीडित व्यक्तिहरुको पहिचान, उद्दार, राहत र उचित क्षतिपूर्ति प्रदान गर्नका नेपाल सरकारको ध्यानाकर्षण गराए ।
श्रेष्ठले भने, 'नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिमतामा छ । विपत्ति हामी जोसुकैलाई पनि पर्न सक्दछ । दुखको समयमा सहयोग गर्नु हाम्रो जिम्मेवारी र मानवीय कर्तव्य पनि हो ।'
उनले प्राकृतिक प्रकोपका घटनाहरुमा परि मृत्युवरण गर्नेहरुमा श्रद्धासुमन व्यक्त गर्दै परिवारजनहरुमा समवेदना प्रकट गरे । शुक्रबार मात्र कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ भने लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
यस्तै भोटेकोसी नदीमा बुधबार राति आएको बाढीले बगाउँदा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका दुई जनाको मृत्यु भएको २० जना बेपत्ता भएका छन् । भारी वर्षा अझै केही दिन जारी रहने मौसमविद्को भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण