कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
आइतबार, २१ असार २०८३, १० : ३०
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन् ।
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्ले ‘सङ्गीत र प्रविधि’ शीर्षकमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रशिक्षक राजेन्द्र अर्यालले गीतसङ्गीतको व्यापार, अडियो, भिडियो, टिकटक, फेसबुकलगायत ‘डिजिटल प्लेटफर्म’बाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताए ।
परिषद्का अध्यक्ष बमबहादुर कार्कीले प्रविधिविज्ञ र कलाकाहरूबीच हातेमालो हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कलाकारहरु खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन, रामकुमार कार्की, वैकुण्ठ महत, गोविन्दमधुर आचार्य, राजकुमार रायमाझी, ईश्वरी भुसाल (मादले दाइ), विष्णु खत्री, सङ्गीतकार शशी शर्मा मजगैयालगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
-
विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण