आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

आइतबार, २१ असार २०८३, १० : ३९
आइतबार, २१ असार २०८३

सारांश

  • सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् ।
  • उनले सरकार प्रेस स्वतन्त्रताको सङ्कुचन गर्नेतर्फ नलागेको र लोकतन्त्रको आधारस्तम्भ प्रेस स्वतन्त्रता हो भन्ने सरकारलाई पूर्ण जानकारी रहेको स्पष्ट पारे ।
  • उनले कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरूसँग छलफल गर्न तयार रहेको बताए ।

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रताको सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट पारे । 

उनले सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताए । सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्‍याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था रहेको जिकिर गरे । कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरूसँग छलफल गर्न तयार रहेको बताए । 

मन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठुलो दायित्व भएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप