प्रधानमन्त्री ओलीबारे अनर्गल प्रचार गर्ने भारतीय टेलिभिजनले माफी माग्यो
काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्माओली र नेपालका लागि चिनियाँ राजदूत होे यान्छीसँग जोडेर बनाइएको प्रचार सामाग्रीलाई लिएर माफी मागेको छ । उक्त टेलिभिजन शुक्रबार माफी मागेको हो ।
केही दिनअघि उक्त टेलिभिजनले ‘ओलीकी इस्किया’ कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रमै प्रश्न उठ्ने गरी विवादित सामाग्री प्रशारण गरेको थियो । उक्त प्रचार सामाग्रीको नेपाल लगायत भारतमा समेत चर्को विरोध भएपछि जी टेलिभिजन माफी माग्न बाध्य भएको हो ।
यता, सोही कार्यक्रमको विषयलाई लिएर नेपालका मल्टी सिस्टम अपरेटहरुले बिहीबार भारतीय समाचार च्यानलहरुमा प्रतिबन्ध लगाएका थिए । उनीहरुको कदमलाई नेपाल सरकारले समेत समर्थन जनाइसकेको छ । त्यस्तै प्रेस काउन्सिल नेपालले समेत भारतीय प्रेस काउन्सिललाई एक पत्र लेख्दै जी न्युज टेलिभिजनलाई कार्वाहीका लागि पहल गर्न आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिक्समा सामेल हुने श्रीलङ्काको चाहना
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि दफावार छलफल हुने
-
प्रतिपक्षीलाई पेल्दै सरकार, उद्योगमन्त्रीद्वारा ८ वटा कानुन संशोधनको अध्यादेश पेश
-
राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत