संसद्मा कांग्रेसले भन्यो : सहकारीको बचत फिर्ता नभएसम्म हाम्रो लडाई जारी रहन्छ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सहकारी प्रकरणमा संसदीय छानबिन समितिमा कांग्रेसको अडान रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कांग्रेस आफ्नो अडानमा दृढ रहेको बताए ।
उनले भने–‘लाखौं सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुने छैनौँ । देशै भरका सहकारी पीडितलाई म आश्वस्त पार्न चाहन्छु बचतकर्ताको बचत फिर्ता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन ।
संसदीय छानबिन समितिको सैद्धान्तिक सहमति भएपनि टिओआरका विषयमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरू झन् प्रकट ढङ्गले आइरहेका छन् । स्वर्णलक्ष्मी, सूर्यदर्शन पोखरा लगायतका सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव १ अर्ब ऋण लिएको छ । त्यो ऋण तिनै ४ वटा सहकारीबाट लिएको हो ।’
उनले सो ऋण लिने बेला गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेको बताए । सोही प्रकृतिको घटनामा गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको र एउटै संसदमा दुई जना सांसदमा एउटै अभियोग रहेको बताउँदै एकजना फरार र एकजना गृहमन्त्री रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण