संसद् बैठक
सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि दफावार छलफल हुने
मङ्गलबार, ०८ जेठ २०८१, १३ : २३
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि आगामी जेठ ११ गतेदेखि दफावार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षीको विरोधाकाबिच सरकारले राष्ट्रपतिले गत जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा पेश भएको नीति तथा कार्यक्रमको सम्बोधन पारित गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा पेश भएको उक्त नीति तथा कार्यक्रम जेठ ११ गतेदेखि छलफलका लागि कार्यसूचीमा राखिएको सभामुख देवराज घिमिरेले सभालाई जानकारी दिए । छलफलका लागि विचार राख्न चाहने सांसदहरूले पार्टीगत प्रतिनिधित्व गर्दै बोल्न नाम टिपाउन समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण