काठमाडौंको गागलफेदीमा पुरिएर एक युवकको मृत्यु
सोमबार, ०५ साउन २०७७, १२ : ३७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।
कार्कीका अनुुसार “आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए” त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण