अलबिदा बर्मन बुढा, अन्तिम श्रद्धाञ्जलीका लागि कम्युनिस्ट नेताहरु आर्यघाटमा (फोटो फिचर)
काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धाको निधन भएको छ । योद्धा, अर्थात बर्मन बुढा । ९० वर्षको उमेरमा बुढाको बुधबार बिहान निधन भएको हो । सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे ।
क्यान्सर पीडित बुढाको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएपछि बुधबारै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तय भएको छ । बुढालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा लगायत कम्युनिस्ट विचारधारा राख्ने नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन् ।
बुढाको पार्थिव शरीरमा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण