सुदूरपश्चिमाञ्चल प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, ०९ साउन २०७७, १६ : १३

कैलाली । सुदूर पश्चिमाञ्चल प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालाबाट गरिएको परीक्षणमा थप ८ जनामा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
शुक्रबार गरिएको परीक्षणबाट १ महिला र ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीको जानकी ३ का ३० वर्षीया १ महिला , १६ वर्षीय १ किशोर, कैलाली टिकापुर १ का ३७ वर्षीय १ पुरुष, टिकापुर ४ कै २९, २७ र ५५ वर्षीय ३ पुरुष रहेका छन् ।
त्यसैगरी टिकापुर ३ कै २० र २६ वर्षीय २ जना पुरुष र महिलामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन