सुदूरपश्चिमाञ्चल प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, ०९ साउन २०७७, १६ : १३
कैलाली । सुदूर पश्चिमाञ्चल प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालाबाट गरिएको परीक्षणमा थप ८ जनामा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
शुक्रबार गरिएको परीक्षणबाट १ महिला र ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीको जानकी ३ का ३० वर्षीया १ महिला , १६ वर्षीय १ किशोर, कैलाली टिकापुर १ का ३७ वर्षीय १ पुरुष, टिकापुर ४ कै २९, २७ र ५५ वर्षीय ३ पुरुष रहेका छन् ।
त्यसैगरी टिकापुर ३ कै २० र २६ वर्षीय २ जना पुरुष र महिलामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण