मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘बारपाकी माया–२’ बन्ने

आइतबार, ११ साउन २०७७, ११ : ३६
आइतबार, ११ साउन २०७७

काठमाडौँ । फिल्म ‘बारपाकी माया’को सिक्वेल बन्ने भएको छ । निर्देशक प्रितम गुरुङले फिल्मको सिक्वेलको रुपमा ‘बारपाकी माया–२’ बनाउन लागेको जानकारी दिए ।

गोरखाको बारपाक गाउँमा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘बारपाकी माया’ले गुरुङ संस्कारको विषयवस्तु उठाएको थियो । बारपाकमा घले र गुरुङको ठुलो बस्ती छ । सिक्वेलले पनि यहिको बिषयवस्तु उठाउनेछ । 

अहिले लेखन सकिएको फिल्मले बारपाकको जनजीवन र त्यहाँको रहनसहनलाई समेत बिषेश रुपमा प्रस्तुत गर्नेछ । ८० लाख बजेट बताइएको फिल्म गोरखाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छेलगायत स्थानमा छायाँकन हुनेछ । 

२०७२ सालको महाभूकम्प अघि बनेको फिल्म ‘बारपाकी माया’ मा बारपाक गाउँको सुन्दर दृश्यहरु कैद भएका थियो । महाभूकम्पले गर्दा उक्त गाउँको पुनर्निर्माण भएको छ ।

नेपाल सरकारले फिल्मी गतिविधिका लागि खुल्ला गर्ने बित्तिकै छायाँकनमा निस्किने तयारी गरेको फिल्ममा केही कलाकार पहिलो सिक्वेल र केही नयाँ रहनेछन् । 

फिल्म रोधी डिजिटल स्टुडियोले निर्माण गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप