धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
सारांश
- धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ ।
- बिरामी बढेपछि पालो कुर्नु नपर्ने व्यवस्था मिलाइएको छ ।
- रु २० लाखको लागतमा छुट्टै कक्ष स्थापना गरिएको छ ।
बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै गएपछि डायलिसिस सेवा विस्तार गरिएको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा सेवा विस्तार गरिएसँगै डायलिसिस गर्न पालो कुर्नु नपर्ने भएको हो । अहिले मिर्गौला रोगीका लागि अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर सेवा दिन थालिएको हो ।
नियमित डायलिसिस गर्नुपर्ने बिरामीलाई सहज रूपमा सेवा दिने उद्देश्यले अस्पतालमा गण्डकी प्रदेश सरकारको रु २० लाख लागतमा छुट्टै कक्ष स्थापना गरिएको अस्पतालका प्रमुख डा किरण तिवारीले बताए । उनका अनुसार अस्पतालले दैनिक ६४ जनालाई डायलिसिस सेवा दिइरहेको छ ।
छुट्टै कक्ष स्थापना गरेपछि थप २० जनाको डायलिसिस गर्न सक्ने क्षमता विस्तार भएको डा तिवारीले उल्लेख गरे । अस्पतालमा आवश्यकताअनुसार शय्या थप्ने काम भएको भन्दै उनले आवश्यक उपकरण प्रदेश सरकारले उपलब्ध गराउने भएपछि सेवा विस्तार गरिएको बताए ।
“पछिल्लो समय मृगौला पीडित बिरामी बढ्दै गएका छन् । उहाँहरूलाई लामो समय लाइनमा बस्नुपर्दा असहज हुने देखिएपछि अस्पतालले सेवालाई थप प्रभावकारी र सहज बनाउन कक्ष स्थापना गरेको हो”, प्रमुख तिवारीले भने, “सीमित बिरामीको डायलिसिस गर्नुपर्ने हुँदा ३० जना लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब भने यो समस्या अन्त्य भएको छ ।”
यसैबिच अस्पतालले हालै सर्पदंशको उपचार सेवा सुरु गरेको छ । योसँगै अस्पतालमा ‘सिटी स्क्यान’ उपकरण जडान भएपछि ट्रमाका बिरामीले पनि सहज रूपमा सेवा पाउन थालेका अस्पताल प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण