सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

५६ करोड भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर थापासहित ८ जनाको सुनुवाइ सर्‍यो

सोमबार, ०१ असार २०८३, १९ : १७
सोमबार, ०१ असार २०८३

सारांश

  • सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको ५६ करोड ७१ लाख भ्रष्टाचार मुद्दाको सुनुवाइ असार १५ गते सरेको छ।
  • विशेष अदालतमा पेसी तोकिएको मुद्दा 'हेर्न नभ्याइने' कारण देखाउँदै स्थगित भएको हो।
  • निलम्बित मेयर थापासहितले वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणका नाममा करोडौँ रकम हिनामिना गरेको अभियोग छ।

काठमाडौँ। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ असार १५ गतेका लागि पेसी सरेको छ। साेमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तय भएको मुद्दा 'हेर्न नभ्याइने' भएपछि पेसी सरेको हो।

यो मुद्दामा यसअघि ४ पटक साक्षी बुझ्ने आदेश भइसकेको छ भने एक पटक बहस नोट मगाउने आदेश भएको छ । २०८२ जेठ ४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको थियो। 

त्यस्तै विमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजयकुमार, गोकुल भुजेल र लीला कुमारी मुक्तानलाई विपक्षी बनाइएको छ। निलम्बित मेयर थापासहितले माछापोखरी निर्माणका नाममा पोखरीसमेतका गैरकानुनी संरचना निर्माण गरी साबिक वन ऐन, २०४९ तथा प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ।

आयोगका अनुसार बागमतीको वडा नं. ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरेर बनेको खाल्डोमा माछापोखरी निर्माणका नाममा सङ्घ र प्रदेशबाट करोडौँ रकम माग गरी हिनामिना गरेको अभियोग छ।

मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको, निर्माण पूरा नभएको अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको अभियोग पनि लगाइएको छ। यसकाे राम्राे हेडलाइन चाहियाे 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप