मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

दुई म्युजिक अवार्ड हुँदै

सोमबार, १२ साउन २०७७, १४ : ०९
सोमबार, १२ साउन २०७७

काठमाडौं । कोभिड –१९ का कारण सरकारले गरेको लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्र फेरि चलायमान हुने थालेको छ । गीतसंगीत पहिलेकै गतिमा फर्काउने उद्देश्यले फेरि अवार्डका आयोजना हुन थालेका छन् ।
यस्तैमा दुई अवार्डको आवेदन समेत खुल्ला भएको छ । ती हुन् ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२०’ र ‘तीज म्युजिक अवार्ड २०२०’ । यी दुबै अवार्डका आयोजकले एक बिज्ञाप्ती मार्फत अवार्डमा सहभागी हुन गीतसंगीतका लागि आवेदन खुल्ला गरेका हुन् । 

‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२०’

कला, संस्कृति र साँगीतिक क्षेत्रका व्यक्तित्व र श्रृजनालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको हो ।भदौको अन्तिमसाता आयोजना हुने अवार्डमा सहभागिका लागि १५ भदौभित्र आवेदन दिनुपर्ने प्रावधान रहेको छ ।
अवार्डमा २०७६ असोजदेखि २०७७ भदौंसम्म बजारमा आएका जुनै पनि प्रकारका गीतसंगीतले भाग लिन पाउनेछन् ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा रहेको अवार्डको व्यवस्थापन शुभकामना मिडिया सोलुसन प्रालिले गर्ने आयोजक संस्थाका अध्यक्ष सूर्य चन्दले जानकारी दिए । अवार्डमा गीत संगीतका विभिन्न विधाको अलवा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिनेछ ।

‘तीज म्युजिक अवार्ड २०२०’

यो अवार्ड बिगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्ड हो । छायाछवि क्रियशन आयोजक रहेको अवार्डका लागि यहि साउन २५ भित्र गीत दर्ता गर्न सकिने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।
‘हाम्रो भाषा हाम्रै संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीतसंगीत सम्वृद्धिको हाम्रो हाम्रो यो अभियान’मुल नारा रहेको अवार्ड अगामी भदौ ३ गते वितरण हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप