आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सुशान्तको मानसिक स्वास्थ्यमाथि प्रश्न उठ्ने बित्तिकै दीपिकामाथि भड्किइन् कंगना

बुधबार, १४ साउन २०७७, १३ : २४
बुधबार, १४ साउन २०७७

सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा पछिल्ला दिन नयाँ–नयाँ नाम जोडिँदै छन् । सीबीआई अनुसन्धानका लागि नियुक्त गरिएका वकिल ईशकरण भण्डारी हालै रिपब्लिक टिभीको एक बहसमा संलग्न भएकमा थिए जहाँ उनले सुशान्तको मृत्यु भएको पहिलो दिनदेखि नै एक पिआर टिमले उनको मानसिक स्वास्थ्यमा हमला गरिरहेको बताएका छन् । यो सुनेपछि कंगना रनोटले सिधा दीपिका पादुकोणमाथि निशाना साँधेकी छिन् जसले आफैं एक मानसिक स्वास्थ्यका लागि एउटा फाउन्डेशन चलाउँछिन् ।

कंगना रनोटले हालै एक टिभी च्यानलको बहस रिपोस्ट गर्दै लेखिन्, ‘मुम्बई प्रहरीको ठूलो स्तरमा पर्दाफास भएको छ । सुशान्तको परिवारले प्रहरीमाथि विश्वास नगर्ने बताएका छन् । र बलिउडमा रिपिट आफ्टटर मी ग्याङ्ग, डिप्रेशनको धन्धा चलाउनेहरुलाई पनि रिमान्डमा लिनुपर्छ, दीपिका पादुकोण ।’

ट्वीटरमा एक प्रयोगकर्ताले दीपिका पादुकोणद्वारा सेयर गरिएका केही पोस्ट सेयर गरेका छन् जुन दीपिकाले सुशान्तको मृत्यु भएपछि शेयर गरेकी थिइन् । यसका साथै प्रयोगकर्ताले सुशान्तको मृत्युमाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘मास्टर को हो ।’

यसको जवाफमा कंगनाको समूहको जवाफ आयो, ‘रिंग मास्टर ती हुन् जसको बुली–वुड मा सबैभन्दा अग्लो र ठूलो स्थान छ, जो फिल्म र कृपाका लागि आफ्नो औंलामा चानचुन राख्छन् ।’ यो ट्वीटमा दीपिका र रियालाई पनि मेन्सन गरिएको छ ।

आफैं डिप्रेशनबाट गुज्रिएपछि दीपिकाले सुरु गरिन् फाउन्डेशनः

दीपिका पादुकोण आफ्नो मानसिक स्वास्थ्यबारे कुरा गर्न कहिले पनि हिच्किचाउँदिनन् । उनले आफ्नो जीवनको खराब समयको सामना गरिन् र आफूजस्तै मानिसहरुका लागि लिभ, लभ, लाफ फाउन्डेशनको सुरुवात गरेकी छिन् । सुशान्तको मृत्युपछि पनि दीपिकाले लगातार आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा सानो अभियान चलाएकी थिइन् जसमा उनले मानिसहरुलाई डिप्रेसनसँग सम्बन्धित केही जानकारी दिँदै उनीहरुलाई यसबारे खुल्ला रपमा कुरा गर्न सल्लाह दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप