‘द सूटेबल बोय’ मा आफूभन्दा २५ वर्ष कान्छा इशानलाई चुम्बन गरेको दृश्यका कारण चर्चामा छिन् तब्बू
मीरा नायरको वेब सिरिज ‘द सूटेबल बोय’ को पहिलो एपिसोड बीबीसीमा रिलिज भएपछि तब्बू र ईशान खट्टरको चुम्बनको दृश्य चर्चामा आएको छ । तब्बू यो सिरिजमा एक नृत्याङ्गना सईदा बाईको भूमिका निभाइरहेकी छिन् । ईशान खट्टर र उनीबीच उत्कृष्ट केमेस्ट्री देखिएको छ । ४९ वर्षकी उमेरमा तब्बूले यस्तो भूमिका किन स्विकारिन् जसले उनले आफूभन्दा लगभग २५ वर्ष कान्छा युवकसँग चुम्बन गर्नुपर्छ ?
तब्बू यस्ती अभिनेत्री हुन् जसका लागि भूमिका सधैं महत्वपूर्ण हुन्छ । मिरा नायरसँग उनी ‘द नेमसेक’ फिल्ममा काम गरिसकेकी छिन् ।
मिराले जब तब्बूलाई यो भूमिका प्रस्ताव गरिन् तब उनले अस्विकार गर्न सकिनन् । ट्रेलर र पहलो एपिसोड रिलिज भएपछि यति ठूलो सिरिजमा सबैले उनको चुम्बनको दृश्यलाई महत्व दिएकोमा तब्बू अचम्मित छिन् । तब्बूलाई राम्रोसँग थाहा थियो कि उनको भूमिका उत्तेजक छ र ईशानसँग उनको लभ मेकिङ सिन्स पनि छ तर उनले सोचेकी थिइनन् कि यो सिन सिरिजको लाइलाइट बन्नेछन् ।
लगभग १७ वर्षअघि एक हरर फिल्म ‘हवा’ को रिलिजपछि पनि तब्बूको स्थिती यस्तै थियो । हवा फिल्ममा तब्बूले नायिकाको भूमिका निभाएकी थिइन् । फिल्ममा एक प्रेत–आत्माले तब्बू प्रेम गर्छ र तब्बूसँग हरेक राती बेडमा प्रेम गर्न पुग्छ । भूतसँग प्रेम प्रसंगलाई फिल्ममा यसरी छायांकन गरिएको छ कि यो हरर फिल्म नभई बी ग्रेड फिल्म बनेको थियो । यो फिल्म रिलिज भएपछि तब्बू मिडियाबाट बच्नका लागि तीन महिनासम्म गायब भइन् । तब्बूले त्यसपछि यस्तो प्रकारको भूमिका नगर्ने प्रण गरेकी थिइन् ।
मिरा नायरका अनुसार तब्बूको साटो अन्य नायिका भएको भए यो भूमिका खासै राम्रो हुने थिएन । उनले भनिन्, ‘तब्बूकै कारण रोल जीवन्त भयो । भूमिका चाहे जस्तो सुकै होस् उनले यसलाई सस्तो बनाउँदिनन् ।’
तब्बू यो विषयमा चुप छिन् । यद्यपि, यो सिरिजलाई उनको कामलाई अत्यधिक रुचाइएको छ तर उनी ईशानसँगको आफ्नो बोल्ड दृश्यबारे कमेन्ट गर्न बचिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण