सिंगिङ आइडल जस्मिले पाइन् स्कुटी
काठमाडौं – ‘सिंगिङ आइडल २०७६’को बिजेता झापाकी जस्मिन बराल भएकी छन् । आयोजक रेडमुन इन्टरटेन्मेन्टले केही पहिले आयोजना भएको यो कार्यक्रमको अहिले विजेता सार्वजनिक गर्दै पुरस्कार बितरण गरेको हो ।
विजेता बरालले कुमार एण्ड सन्स अटो प्रालि धरानको भेष्पा एण्ड अप्रिलिया सोरुम धरानको तर्फबाट २ लख ५० हजार बराबरको स्कुटी लगायत बिभिन्न उपहार हात परेकी छन् ।
धरानस्थित ज्वाई खानाको हलमा थोरै ब्यक्तिको उपस्थितिमा आयोजित कार्यक्रममा विजेतालाई बरिष्ठ गायक दीप श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा उदयपुरकी शोभा तामाङ दोस्रो र पाँचथरका समिर महतो तेस्रो भएका थिए । दुबैले क्रममा ७० हजार र ५० हजार लगायत बिभिन्न उपहार हात परे ।
प्रतियोगिताको उत्कृष्ट सहभागिता बन्दै बराहक्षेत्रकी गोमा कुलुङले नगद १५ हजार समेत जितेकी छन् ।
कार्यक्रममा आयोजक रेडमुन इन्टरटेन्मेन्टका अध्यक्ष रोशन प्रधानले कोरोना महामारीको कारण पुरस्कार समयमा दिन नसकिएको बताए । उनले अर्काे सिजनको कोरोनाको कहर साम्य भएपछि हुने आयोजना हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण