सिंगिङ आइडल जस्मिले पाइन् स्कुटी
काठमाडौं – ‘सिंगिङ आइडल २०७६’को बिजेता झापाकी जस्मिन बराल भएकी छन् । आयोजक रेडमुन इन्टरटेन्मेन्टले केही पहिले आयोजना भएको यो कार्यक्रमको अहिले विजेता सार्वजनिक गर्दै पुरस्कार बितरण गरेको हो ।
विजेता बरालले कुमार एण्ड सन्स अटो प्रालि धरानको भेष्पा एण्ड अप्रिलिया सोरुम धरानको तर्फबाट २ लख ५० हजार बराबरको स्कुटी लगायत बिभिन्न उपहार हात परेकी छन् ।
धरानस्थित ज्वाई खानाको हलमा थोरै ब्यक्तिको उपस्थितिमा आयोजित कार्यक्रममा विजेतालाई बरिष्ठ गायक दीप श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा उदयपुरकी शोभा तामाङ दोस्रो र पाँचथरका समिर महतो तेस्रो भएका थिए । दुबैले क्रममा ७० हजार र ५० हजार लगायत बिभिन्न उपहार हात परे ।
प्रतियोगिताको उत्कृष्ट सहभागिता बन्दै बराहक्षेत्रकी गोमा कुलुङले नगद १५ हजार समेत जितेकी छन् ।
कार्यक्रममा आयोजक रेडमुन इन्टरटेन्मेन्टका अध्यक्ष रोशन प्रधानले कोरोना महामारीको कारण पुरस्कार समयमा दिन नसकिएको बताए । उनले अर्काे सिजनको कोरोनाको कहर साम्य भएपछि हुने आयोजना हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
-
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित
-
कर्णालीमा एमालेभित्रको विवादले पाएन निकास, शपथ बहिष्कार गरेका शाह हटाइए
-
रवि र गगनको राजनीतिक ब्याटल
-
चोर्नकै लागि हवाईजहाजमा यात्रा
-
नीतिगत स्थिरतामार्फत लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग