रिया चक्रवर्तीमाथि यी नायकको ट्वीटः भने, ‘तिमो वास्तविकता चाँडै नै पर्दाफास हुनेछ’
सुशान्त सिंह राजपूतको मृत्यु भएको एक महिना बढी समय बितिसकेको छ तर उनको मृत्युको रहस्य सुल्झिनुको साटो थप गाँठो परेको छ । अब सुशान्तका पिताद्वारा पटनामा मंगलबार बलिउड नायिका तथा सुशान्तकी साथी रिया चक्रवर्तीमाथि एफआइआर दर्ता गरेका छन् तत्पश्चात् बिहार प्रहरीको एक समूह मुम्बई पुगेर यो मामिलामा सोधपुछ गरिरहेको छ । हुन त सुशान्तको मृत्युपछि धेरै मानिसहरुले उनको अचानक मृत्युलाई कुनै षड्यन्त्र बताएको छ । हालै नायक अध्ययन सुमनले पनि रियाको विषयमा एक ट्वीट गरेका छन् । उनले रियाको वास्तविकता चाँडै नै पर्दाफास हुने बताएका छन् ।
#RheaChakraborthy your “rheality” will be out soon ! You can run but you will die tired ! #SushantTruthNow #SushantRheaTwist I know how scary it is to get involved with wrong people ! It’s horrific !
— adhyayan summan (@AdhyayanSsuman) July 30, 2020
फिल्म हाल–ए–दिल, राज–द मिस्ट्री कन्टिन्यूज, जस्न लगायतका फिल्ममा अभिनय गरेका अध्ययन सुमनले ट्वीटमा लेखेका छन्, ‘रिया चक्रवर्ती, तिम्रो वास्तविकता चाँडै नै पर्दाफास हुनेछ । तिमी दौडन सक्छौ तर थकाई लागेर नै मर्नेछौ । गलत व्यक्तिसँग संगत गर्नु कति भयावह हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण