मेलम्ची पहिरोमा पुरिएका ८ जनाको शव निकालियो (मृतकको नामावलीसहित)
सोमबार, १९ साउन २०७७, ११ : २५
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाको शव निकालिएको छ । पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् ।
कभर्डहल निर्माणमा खटिएका मजदुर बसेका टहरो राति आएको पहिरोले पुरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व