अभिनेत्री निरुताले भनिन् ‘मेरो लागि सबै अग्रज महानायक हुन्’
काठमाडौं – अभिनेत्री निरुता सिंहले आफूले अभिनेता भुवन केसीलाई कहिल्यै महानायकको उपाधि नदिएको र चमचागिरी पनि नगरेको बताएकी छन् ।
सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले सो कुरा स्पष्ट परेकी हुन् । केही दिन अगाडि सामाजिक संजाल फेसबुकमार्फत उनले भुवन केसी आफ्नो सपनाको महानायक भएको बताएकी थिइन् ।
उनको उक्त भनाईप्रति आपति जनाउँदै सामाजिक संजाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । भुवनलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको चमचागिरी गरेको भन्दै सामाजिक संजालमा उनको विरोध भइरहेको छ ।
निरुताले राजेश हमाललाई नै आफूले पनि ‘महानायक’ मान्ने बताएकी छिन् ।
‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरुलाई सम्मान पूर्वक उपाधि दिने अधिकार पनि छैन र ?’ निरुताले अगाडि लेखेकी छन् ‘मेरो लागि सबै अग्रज कलाकार नै महानायक अनि महनायिका हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पु¥याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’
निरुताले राजेश मात्र होइन आफ्ना लागि भुवन केसी, शिव श्रेष्ठ, हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह आदीलाई महानायक र बसुन्धरा भुषाल, भुवन चन्द, करिस्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा महानायिका भएको बताएकी छन् ।
९ बुदाको रुपमा आफ्नो भनाई राखेकी निरुताले कसैलाई सम्मान गरेर महानायक, महानायिका, सुपरस्टार वा मेघास्टारको उपाधि दिनु आफ्नो नितान्त विचार रहेको समेत बताएकी छन् । उनले दर्शकका लागि सम्मान समेत प्रकट गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण