पहिरोमा ज्यान गुमाएकाको शव वीरगञ्ज पठाइयो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ । हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । आफन्तको सल्लाहअनुसार नै शव पठाइएको बताइएको छ । मृतकका आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिए ।
आइतबाको वर्षापछि माथिबाट आएको पहिराले थिचेरको मृत्यु भएको थियो । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिराले पुरिएको थियो । पहिरामा परेर ज्यान गुमाउनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन् । पहिराबाट जीवितै उद्धार गरिएका एक भारतीय नागरिकको उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल
-
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित