नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन
शुक्रबार, २३ साउन २०७७, ११ : ५५
पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।
यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाइ आज बिहान ९ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए ।
थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पहिरो पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए ।
सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौदीँ र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको बैंकमा ३३ लाख, रोल्पामा घर (सम्पत्ति विवरणसहित)
-
शक्ति बस्नेतको सम्पत्ति : ३५ लाख नगद, ५ तोला सुन, जग्गा परिवारको नाममा
-
कृषि मन्त्री साहको सम्पत्ति : १० तोला सुन, २५ तोला चाँदी
-
सहकारी मन्त्री अधिकारीको कति छ घरजग्गा र नगद सम्पत्ति ?
-
पक्राउ पुर्जी जारी भएपछि सर्वोच्च पुगे सिरोहिया
-
कति छ सञ्चार मन्त्रीको सम्पत्ति ?