अर्थमन्त्री पुनको बैंकमा ३३ लाख, रोल्पामा घर (सम्पत्ति विवरणसहित)
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ५९
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखिएको छ ।
मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सार्वजनिक विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी बैंकमा उक्त रकम मौज्दात रहेको उल्लेख छ ।
यसबाहेक उनीसँग रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर रहेको छ भने जुन पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
बैंकमा ३३ लाख मौज्दात र रोल्पामा घरबाहेक पुनसँग अरू केही नरहेको बताइएको छ । उनीसँग सुनचाँदी, हिरा जवाहरात र सेयर समेत नरहेको उल्लेख छ । यस्तै पुनसँग पार्टीले दिएको एउटा सवारी साधन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण