सम्पत्ति विवरण
पर्यटन मन्त्रीको सम्पत्ति विवरण : घर छैन, ४ ठाउँमा जग्गा (विवरणसहित)
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ३७
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चल अचल सम्पत्तिको रूपमा आफ्नो घर नभएको उल्लेख गरेका छन् । उनले बुझाएअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जग्गा भने नुवाकोट र काठमाडौँमा गरेर ४ ठाउँमा भएको उल्लेख गरेका छन् ।
जसअनुसार उनको नाममा नुवाकोटको पञ्चकन्यामा ७ रोपनी १५ आना हाराहारीमा जग्गा छ । यस्तै शिवमाया तामाङको नाममा पनि नुवाकोटमा २ ठाउँ र काठमाडौँको टोखामा एक ठाउँमा जग्गा रहेको उल्लेख छ ।
यस्तै ७–८ तोला चाँदी, ७ लाख सुन र केही नगद चल सम्पत्तिको रूपमा रहेको उनले उल्लेख गरेका छन् । यसबाहेक तलब भत्ताबाट प्राप्त ७ लाख ५० हजार रुपैयाँ बैंकमा रहेको पनि उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण