शक्ति बस्नेतको सम्पत्ति : ३५ लाख नगद, ५ तोला सुन, जग्गा परिवारको नाममा
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ५३
_ypLPuZlKvt.jpg)
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आफूसँग ३५ लाख रुपैयाँ रहेको जानकारी दिएका छन् । सरकारले आज सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणको सूचीअनुसार मन्त्री बस्नेतसँग दुई वटा बैंकमा ३५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
बस्नेतको राष्ट्रिय वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ मौज्दात छ । यसबाहेक अन्य रकम कुन बैंकमा रहेको भन्नेबारे खुलाइएको छैन ।
यस्तै श्रीमती सत्य पहाडीको नाममा ६ लाख रुपैयाँ बराबरको सेयर छ भने ५ तोला सुन समेत उल्लेख छ ।
यसबाहेक जाजरकोटमा बुबाको नाममा, छोरी र श्रीमतीको नाममा जग्गा रहेको बताइएको छ ।
सत्य पहाडीको नाममा सुर्खेतमा थप जग्गा पनि रहेको बताइएको छ । यसबाहेक पार्टीले दिएको एउटा सवारी रहेको र सो सवारी पार्टीको नाममा रहेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय