सहकारी मन्त्री अधिकारीको कति छ घरजग्गा र नगद सम्पत्ति ?
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको आफ्नै नाममा अलिकति पनि जग्गा नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रीमती वसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगंगामा ५ कट्ठा जमिन रहेको जनाएकामा श्रीमतीकै नाममा वुद्धभूमि ५ मा १ बिगाहा १५ कट्ठा जमिन रहेको उल्लेख गरेका छन् ।
यस्तै श्रीमतीकै नाममा काठमाडौँ कीर्तिपुरमा २०६.६६ वर्ग मिटर जग्गा रहेको समेत उनले उल्लेख गरेका छन् । भाइ नवराज अधिकारीको नाममा ९ कट्ठा जमिन पैतृक सम्पत्ति रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
चल सम्पत्तिको रूपमा १० तोला सुन रहेको उल्लेख गरेका मन्त्री अधिकारीले स्वआर्जनले जोडेको उल्लेख गरेका छन् । यस्तै, आफ्नो र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।
यस्तै मन्त्री अधिकारीले छोरा मनोज अधिकारीका नाममा भिजन इनर्जी (सङ्खुवासभा) को १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर समेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण