सम्पत्ति विवरण
कृषि मन्त्री साहको सम्पत्ति : १० तोला सुन, २५ तोला चाँदी
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ४७
काठमाडौँ । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बारामा श्रीमान् अमृतकुमार शर्मा बजगाईको नाममा ६ कट्ठा, सर्लाहीमा ५ बिघा, १९ कट्ठा जग्गा रहेको उल्लेख गरेकी छिन ।
मन्त्री साहको कलैयामा १५ कट्ठा जग्गा र १० कट्ठा जग्गा जग्गा रहेको छ । यस्तै सुन १० तोला, चाँदी २५ तोला रहेको छ ।
नगदतर्फ सानिमा बैंकमा ३० हजार रुपैयाँ, श्रीमानको नाममा १० हजार रुपैयाँ र चार कट्ठा जग्गामा बनेको अढाई तले घर रहेको मन्त्री साहको सम्पत्ति विवरणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण