सम्पत्ति विवरण
कति छ सञ्चार मन्त्रीको सम्पत्ति ?
मङ्गलबार, ०८ जेठ २०८१, १६ : ४०

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा घर रहेको उल्लेख गरेकी छन् । ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा बसेको उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् ।
यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र