स्वीकृतिको पर्खाइमा १० अर्बको ऋणपत्र, ब्याजदर घटेर आउँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब १० अर्ब बराबरको ऋणपत्र स्वीकृतिको चरणमा छन् । बैङ्क अफ काठमाण्डू, एनसीसी बैङ्क, सानिमा बैङ्क, एभरेष्ट बैङ्क र सिद्धार्थ बैङ्क समेत गरी ५ वटा बैङ्कका ९ अर्ब ९० करोड रुपैयाँ बराबरका ९९ लाख कित्ता ऋणपत्र बोर्डको स्वीकृतिको पर्खाईमा छन् ।
त्यसरी ऋणपत्र निष्कासन गर्न प्रस्ताव गर्नेहरुमध्ये बैङ्क अफ काठमाण्डूले १० वर्षका लागि १ अर्ब ६० करोडको, एनसीसी बैङ्क १० वर्षका लागि ३ अर्बको, सानिमा बैङ्कले ७ वर्षका लागि ४ अर्बको, एभरेष्ट बैङ्कले ७ वर्षको लागि १ अर्बको तथा सिद्धार्थ बैङ्कले ७ वर्षमो लागि ३० करोड रुपैयाँको निष्कासन प्रस्ताव गरेका छन् । त्यसमध्ये ४ वटा बैङ्कले लकडाउन अघि नै त्यस्तो प्रस्ताव बोर्डमा लगेका हुन् भने सिद्धार्थ बैङ्कले एक साता अघि मात्रै ऋणपत्र निष्कासन स्वीकृतिको माग गर्दै बोर्डमा पुगेको हो ।
सिद्धार्थ बैङ्कबाहेक अरु बैङ्कले दिएका निवेदनउपर बोर्डले अध्ययन गरी आवश्यक जवाफको लागि बैङ्कहरुलाई पठाएकोमा सानिमा बैङ्क र एभरेष्ट बैङ्कले त्यस्तो जवाफ समेत पगाइसकेका छन् । बोर्डले ती जवाफउपर छलफल गरी ऋणपत्र निष्कासनको स्वीकृति दिनेछ ।
लकडाउन हुनुअघि ऋणपत्र निष्कासनका लागि प्रस्ताव गरेका ४ बैङ्कमध्ये एनसीसी बैङ्कले ऋणपत्रमा १०.५ प्रतिशत ब्याज दिने जनाएको छ । अरु बैङ्कले भने १०.२५ प्रतिशत ब्याजदर तोकेका छन् । पछिल्लोपटक सिद्धार्थ बैङ्कले ल्याएको ऋणपत्रको ब्याजदर भने ८.५ प्रतिशत मात्रै प्रस्ताव गरिएको छ ।
अघिल्लो वर्ष २३ अर्ब ४५ करोड रुपैयाँ बराबरका ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले १२ वटा बैङ्कहरुलाई स्वीकृति दिएको थियो । त्यसमध्ये सिद्धार्थ बैङ्कले पुरक ऋणपत्र ल्याउन लागेको हो भने अरु बैङ्कले भने पहिलोपटक ऋणपत्र ल्याउन लागेका हुन् । राष्ट्र बैङ्कले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैङ्कहरुलाई प्राथमिक पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र अनिवार्य रुपमा ल्याउन भनेसँगै ऋणपत्र निष्कासनको लहर देखिन थालेको हो । अघिल्लो वर्ष दोस्रो बजारमा सूचीकृत धितोपत्रमा ऋणपत्रको हिस्सा २० प्रतिशत भन्दा धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण