भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोनाभाइरसको संक्रमण
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार ट्वीट गर्दै उनले अस्पतालमा अन्य चेकजाँचका लागि जाँदा कोरोना परीक्षणमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ८४ वर्षीय मुखर्जीले आफूसँग गत हप्ता सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र आइसोलेट गर्न आग्रह गरेका छन् ।
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee
भारतमा आइतबारसम्म २२ लाख बढी संक्रमित बेला परिसकेका छन् । आइतबार थप ६२ हजार ११७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
विश्वभर २ करोडभन्दा बढी भाइरसबाट संक्रमति भइसकेका छन् । पछिल्लो २० दिनमा मात्र थप ५० लाख कोभिड–१९ संक्रमित थपिएका छन् । यसमध्ये ९.७२ लाख भारतका रहेका छन् ।
पछिल्लो समय ब्राजिल र अमेरिकामा नयाँ संक्रमितको संख्या स्थिर भइसकेको छ भने भारतमा भने यो बढ्दो क्रममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण