‘सडक २’ को फस्टलुक सार्वजनिक
मङ्गलबार, २७ साउन २०७७, १२ : ५२
मुम्बई । वरिष्ठ फिल्म मेकर महेश भट्टको फिल्म ‘सडक २’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका सबै क्यारेक्टर रिलिज गरिएको छ ।
फिल्ममा आलिया भट्ट, संजय दत्त र आदित्यराय कपुर देखिएका छन् । फिल्मको पोष्टरलाई फष्टलुकको रुपमा अभिनेत्री आलियाले सामाजिक संजाल मार्फत रिलिज गरेकी हुन् । आज फिल्मको ट्रेलर समेत रिलिज हँुदैछ ।
कोरोनाको कहरका कारण फिल्म ओटीटी प्लेटफर्मबाट सार्वजनिक गरिदैछ । फिल्मको जतिपनि पोस्टर सार्वजनिक भएका छन् । ति सबै एकअर्काे भन्दा फरक रहेको छ ।
फिल्म ‘सडक’ भने १९९१मा रिलिज भएको थियो । जसमा पूजा भट्ट र संजय दत्त मुख्य भुमिकामा रहेका थिए । अहिले निर्माण भएको ‘सडक २’ त्यसैको सिक्वेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण