सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनामा गरिएको परीक्षणमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा मालिकाअर्जुन दार्चुलाका वर्ष २५, २७, ३५ का ३ पुरुष, मार्मा ३ दार्चुलाका २६ र २७ का २ पुरुष, धनगढी ७ कैलालीका २७ वर्षीय १ पुरुष, धनगढी ३ कैलालीका ३६ वर्षीय १ पुरुष, बेलडाडी २ कञ्चनपुरका २५ वर्षीय १ पुरुष र बेलौरी कञ्चनपुरका ३५ र ३० वर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनले यस अस्पतालबाट हालसम्म २० हजार २८४ जनाको कोभिड १९ जाँच गरिएको र १८ हजार ७१७ जनामा नेगेटिभ रिजल्ट आएको बताए । उनका अनुसार अहिलेसम्म १५ सय ६७ जना फेला परेका संक्रमित छन भने १८९ शंकास्पद संक्रमितको उपचार भएको छ । जसमध्ये ८४ जना निको भई घर गइसकेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू