सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण
कैलाली । सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनामा गरिएको परीक्षणमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा मालिकाअर्जुन दार्चुलाका वर्ष २५, २७, ३५ का ३ पुरुष, मार्मा ३ दार्चुलाका २६ र २७ का २ पुरुष, धनगढी ७ कैलालीका २७ वर्षीय १ पुरुष, धनगढी ३ कैलालीका ३६ वर्षीय १ पुरुष, बेलडाडी २ कञ्चनपुरका २५ वर्षीय १ पुरुष र बेलौरी कञ्चनपुरका ३५ र ३० वर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनले यस अस्पतालबाट हालसम्म २० हजार २८४ जनाको कोभिड १९ जाँच गरिएको र १८ हजार ७१७ जनामा नेगेटिभ रिजल्ट आएको बताए । उनका अनुसार अहिलेसम्म १५ सय ६७ जना फेला परेका संक्रमित छन भने १८९ शंकास्पद संक्रमितको उपचार भएको छ । जसमध्ये ८४ जना निको भई घर गइसकेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण