रुसले दर्ता गर्यो विश्वको पहिलो कोरोना भ्याक्सिन
एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा राष्ट्रपति भ्यादिमिर पुटिनले गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नका लागि यो डोज प्रभावकारी रहेको उनले बताए ।
‘मैले बुुझेअनुसार कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन यसै बिहान रुसमा दर्ता भएको छ,’ राष्ट्रपति पुटिनले सरकारका सदस्यहरुलाई भने, ‘म ती सबैलाई धन्यवाद् दिन्छु, जसले भ्याक्सिन निर्माणमा काम गरे । यो पुरै विश्वका लागि महत्वपूर्ण क्षण हो ।’
पुटिनले रुसमा स्वेच्छाअनुसार भ्याक्सिन लगाउने कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनले यस भ्याक्सिन लगाउन कसैलाई बाध्य नगरिने बताए । आफ्नी एक छोरीले पनि यस भ्याक्सिन लगाइसकेको खुलासा पुटिनले गरे । ‘मलाई थाहा छ कि यसले स्थिर इम्युनिटी विकास गर्छ, प्रभावकारी काम गर्छ र म दोहोर्याएर भन्छु, यसले सबै परीक्षण पास गरिसकेको छ,’ उनले भने ।
कोभिड–१९ का कारण अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै २ करोडभन्दा धेरैमा संक्रमण देखिएको छ । पुटिनले स्वास्थमन्त्री मिखाइल मुरास्र्कोलाई भ्याक्सिनबारे थप जानकारी उपलब्ध गराउन भनेका थिए । मुरास्र्कोले आगामी जनवरीसम्म सबैसमक्ष भ्याक्सिन पुगिसक्ने आशा गरे । अहिले भने स्वास्थ्यकर्मी र शिक्षकहरुलाई प्राथमिकतामा राखिएको छ ।
विश्वका अति प्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र भारतपछि रुसको नाम आउँछ । रुसमा ८ लाख ९५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १५ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ५० लाखभन्दा धेरै, ब्राजिलमा ३० लाखभन्दा धेरै र भारतमा २० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण