आफ्नो कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रियस्तरमा आलोचना हुन थालेपछि बोल्यो रुस
एजेन्सी । रुसले आफुले निर्माण गरेको कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रिय चिन्ताको ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । मंगलबार रुसले कोरोना भ्याक्सिन निर्माण गरि दर्ता गरिएको घोषणा गरेको थियो । जुन भ्याक्सिनलाई २ महिनासम्म मानिसमा परीक्षण गरिएको र अनुमोदन गरिएको जनाइएको छ । तर विज्ञहरुले भने रुसको यो दाबीमाथि शंका गर्दै आइरहेका छन् ।
विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रुसको यो दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् । बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’
रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ । मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पहिलो कोरोना भ्याक्सिन निर्माण गरेको जानकारी दिएका थिए । पहिलो खोप उनले आफ्नै छोरीलाई दिइएको बताएका छन् । विश्व स्वास्थ्य संगठनले भने यो खोपको समीक्षा गर्न रुसी अधिकारीहरुसँग सम्पर्क अघि बढाएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले अहिले विश्वमा निर्माण भैरहेका मुख्य ६ वटा खोपहरुको अनुगमन गरिरहेको छ । जुन खोपहरुको विकासको चरणमा रहेका छन् । तर रसियाले निर्माण गरिरहेको खोपलाई भने समावेश गरेको थिएन । रसियाले सो खोपको नामा ‘स्पुतनिक’ राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण