(अपडेट) सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता
शुक्रबार, ३० साउन २०७७, ०८ : ३४
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले रातोपाटीलाई जानकारी दिए ।
पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ ।
घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घटनास्थल तर्फ जाँदै छ । कात्तिके र जलविरेबाट प्रहरी पनि घटनास्थल तर्फ जाँदै छ ।
सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ लागेका छन् । उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?